२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार

दार्चुलाको शैल्यशिखरको एक विद्यालयमा भवन अभाव,पठनपाठमा समस्या

२८ चैत, काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका -७ को एक विद्यालयमा भवन नहुँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।

नगरपालकाको हुनैनाथ आधारभूत विद्यालयमा भवन नहुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपी मिश्रले बताए ।

 

 

 

 

 

 

उनले भने, ‘विद्यालयमा विद्यार्थी पढाउनको लागि भवन छैन । भवन भए पनि भवनमाथि छानो पुरानो र प्वाल परेको छ। यसले विद्यार्थीलाई पढाउनमा समस्या भएको छ।’ उनका अनुसार वर्षातमा पानी पर्दा भवन चुहिने हुँदा विद्यार्थीलाई पढाउन झनै समस्या हुने गरेको छ ।

‘ विद्यालयमा जम्मा ३ वटा कक्षाकोठा छन् । त्यसमा पनि एउटा कार्यालय प्रयोजनका लागि र दुईवटा विद्यार्थीका लागि प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘ ती कक्षाकोठाहरू जीर्ण अवस्थामा छन्।यसकारण यी कक्षाकोठा हाम्रा लागि अपुग हुन्।’

 

 

 

 

 

अध्‍यक्ष मिश्रले गतवर्ष विद्यालयको लागि रातो किताबमा बजेट आएपनि विद्यालयको नाम नै परिवर्तन गरिदिएकाले विद्यालयले बजेट नपाएको गुनासो सुनाए । ‘ बजेट त रातो किताबमा आयो ।

तर विद्यालयको नाम नै फरक भइदियो । यसले हामीले बजेट नै पाएनौं ।’ उनले भने । यस्तै यता, लेकम गाउँबाट पढ्‍न आउने विद्यार्थीले बाटोको समस्या दिनहुँ भोग्नु परिरहेको उनले बताए । उनल भने, ‘ लेकम गाउँबाट विद्यार्थीहरू पढ्न आउनै डराउँछन् ।

किनकी बाटो भरि नै भीर छ । लड्‍ने डरले विद्याथीहरू विद्यालय पढ्न आउन मान्‍दैनन् ।’ यसका साथै  विद्यालयको अवस्थाबारे आफूले पटक-पटक स्थानीय र प्रदेश सरकारकहाँ समस्या लिएर जाँदा सहयोग गर्ने आश्वासन मात्र दिएको तर कुनै पहल नगरेको उनले दुखेसो पोखे ।

यता, भैरवनाथ विद्यालयका लागि आर्थिक वर्ष २०७९/८० को बजेट आए पनि कार्यान्वयन नभएको शैल्यशिखर नगरपालिका-७ का वडाध्यक्ष पुष्पराज जोशीले बताए । उनले भने, ‘ विद्यालयको लागि आर्थिक वर्ष २०७९/८० मा बजेट त आयो । तर उक्त बजेट विद्यालयको कुनै पनि विकासका लागि रकम गएन ।’यतिमात्र होइन बाटोको लागि पनि स्थानीय सरकारले कुनै बजेट नछुट्याएको उनको भनाइ छ ।

हाल भैरवनाथ आधारभूत विद्यालयमा कूल ३४ जना विद्यार्थी, १ जना कार्यालय सहयोगी, १ जना बालबिकास शिक्षक र २ जना नगरपालिकाले खटाएका शिक्षकले काम गरिहरेका छन् ।

 

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको