१८ कार्तिक २०८२, मंगलवार
राजनीति समाचार समाज

गृहमन्त्रीले संसदमा प्रस्तुत गर्ने एजेन्डा कार्यसूचीबाट हट्यो

२८ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय कार्यसूचीबाट हटेको छ ।

यही चैत २ गते गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची थियो । उक्त कार्यसूचीमा सभामुख देवराज घिमिरे अगाडि बढेपछि चैत २ गतेको बैठकमा कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

त्यसपछि स्थगित भएको प्रतिनिधि सभाको बैठकमा यो कार्यसूची राखिएको थिएन । चैत २७ गते मंगलबार फेरि गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो ।

तर, मंगलबार पनि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै गर्न सकेन । मंगलबार १५ मिनेटका लागि स्थगित भएको बैठक बुधबार बोलाइएको छ ।

बुधबारको बैठकमा गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची हटाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि