२६ चैत, काठमाडौं । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाएको छ ।
अघिल्ला वर्षहरुमाझैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा मनाएको हो ।
समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशलहरु प्रस्तुत गरेका छन् । समारोहमा नृत्य समेत प्रस्तुत गरिएको छ ।
घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्रीहरु, कर्मचारी प्रशासनका पदाधिकारीहरु, विभिन्न सुरक्षा निकायका प्रमुखहरु लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
हेर्नुहोस् तस्वीरहरू :
थप समाचारहरु
आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
कतारका राजालाई सेनाको कमाण्डमा ‘अति विशिष्ट स्तर’को सुरक्षा
नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
सुप्रिम सहकारीको सवा १४ करोड गोर्खा मिडियामा, रविका नाममा २ करोड
शिक्षण पद्धतिलाई प्रभावकारी बनाउन मोरङमा लिटिल एन्जल्सको कार्यशाला
बेलौरीका बाढी प्रभावित परिवार घर फर्कँदै






















