७ पुष २०८२, सोमबार
मुख्‍य समाचार सूचना प्रविधि

मोबाइलबाटै छोराछोरीको पढाइ हेर्न मिल्ने एप सार्वजनिक

२५ चैत, काठमाडौं । अनलाइन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले मोबाइलबाट आफ्ना छोराछोरीको प्रगति हेर्न मिल्ने एप सार्वजनिक भएको छ ।

ई–लर्निङ प्लेटफर्म एम्बिसन गुरु नेपाल प्रालिले ‘एम्बिसन गुरु’ नामक एप ल्याएको हो । यसमार्फत अभिभावकले बालबालिका कति समय बसेर पढिरहेका छन्, उनीहरूले कतिवटा लाइभ क्लास लिए, कति छुटाए, कुनकुन परीक्षामा सहभागी भए, नबुझेका कुरा शिक्षकलाई सोधे कि सोधेनन् लगायतका कुरा हेर्न सक्नेछन् ।

परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याए र त्यसमा गुरुले दिएको सल्लाह कस्तो छ ? भनेर पनि अभिभावकले हेर्न सक्नेछन् । यसमार्फत अझ मिहिनेत गर्नुपर्ने विषयमा एआई प्रविधिले गाइड गर्नेछ ।

विभिन्न कारणले छोराछोरीबाट टाढा बस्नुपर्ने अभिभावकका लागि यो एप फलदायी हुने एम्बिसन गुरु नेपाल प्रालिले जनाएको छ ।

एम्बिसन गुरुले एसईई, ११, १२ विज्ञान, व्यवस्थापनका स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयका परीक्षाको तयारी अनलाइनबाट गराउँदै आएको छ । साथै लोक सेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायलगायत सरकारी क्षेत्रका लागि तयारी कक्षा सञ्चालन गरिरहेको छ ।

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक