२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

पहिचान पक्षधर उम्मेदवार थेगिमले दर्ता गराए उम्मेदवारी

२४ चैत, इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमले पनि मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा उनले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन् । उनको मनोनयन दर्ताका क्रममा ठूलो समूह बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै र आआफ्नो साँस्कृतिक पहिरनसहित आएका थिए ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बुले पनि उम्मेदवारी दर्ता गराएका छन् । ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि मंगोल नेशनलबाट लिम्बु नै उम्मेदवार थिए । त्यतिबेला उनले १३६३ मत पाएका थिए ।

नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारी दर्ता गराउने क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बु पनि उपस्थित थिइन् ।

यसअघि जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भने मनोनयन दर्ता गराइसकेका छैनन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि