२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

बझाङको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिए

२१ चैत, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १५ गतेका लागि तय भएको प्रदेश सभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले बझाङ प्रदेश सभा १ मा उपनिर्वाचनका लागि चैत २२ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले जिल्ला अदालत बझाङमा कार्यरत जिल्ला न्यायाधीश सुदर्शन लामिछानेलाई बझाङको मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

यही चैत २२ गते जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ गते उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन अन्तरगत प्रदेश सभा निर्वाचनमा भाग लिन १९ दल दर्ता भएका छन् ।

निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा पुर्याइने आयोगले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि