२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

संसदमा कांग्रेसको अडान : सहकारीको रकम ठगीमा संसदीय छानबिन गर

१८ चैत, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको विषयमा संसदीय छानबिन गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको सुरुवातमा सभामुखको समय लिएर बोल्दै कांग्रेस सांसद सञ्जय गौतमले प्रधानमन्त्री प्रचण्डले आफै न्यायाधीश बनेर क्लिन चिट दिने प्रयास गरेको आरोप लगाए ।

सांसद गौतमले भने–‘हामीले जवाफ खोज्यौ प्रधानमन्त्रीले न्यायाधीश जस्तो, हुकुम प्रमाङ्गी दिने राजा महाराजा जस्तो क्लिन चिट दिने जस्तो प्रयास गर्नुभयो । त्यतिमात्र हैन, सुरक्षा निकायका प्रमुख जो वर्तमान नेतृत्वमा हुनुहुन्छ उहाँले समेत यो विषयमा फासफुस ढङ्गले क्लिन चिट दिने गर्नुभयो । यसकारण हामीले उठाइरहेको सवालहरूमा गम्भीर प्रश्नहरू उठेको छ । हामी संसदीय छानबिन समितिको माग गरिरहेका छौँ ।’

उनले ९० हजार भन्दा बढी बचतकर्ताहरूको ८० करोड भन्दा बढ्ता रकम बुटवल, चितवन, पोखराका सहकारीमा जम्मा भएका रकम गोर्खा मिडिया नेटवर्कको नाममा जम्मा भएको बताए । आज त्यो प्रालि सञ्चालनमा नभएको र त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न उठाए ।

उनले भने–‘यो कानुनी कुरामात्र हैन, स्वार्थ बाझिएको कुरा पनि हो । यो नैतिक कुरा पनि हो । तत्कालीन प्रतिपक्षी एमालेले पूर्व अर्थमन्त्री डा रामशरण महतको विदेशको बैंकमा डलर एकाउन्ट खोलेको छ भन्दा उहाँले राजीनामा दिनुभयो ।’ उनले नैतिक प्रश्न उठेपछि जनार्दन शर्मा, गोकुल बास्तकोटाले छानबिन गर्न मन्त्री पदबाट राजीनामा दिएको उदाहरण दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि