२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

इलाम–२ मा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाले दिए निवेदन

१४ चैत, काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न ६ जनाले निवेदन दिएका छन् ।

गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. भेषरमण न्यौपानेले निवेदन दिएका हुन् ।

६ जना मध्येबाट पार्टी विधानको धारा–७१ बमोजिम प्रारम्भिक निर्वाचन हुने रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

प्रारम्भिक उम्मेदवारमाथि दाबी विरोध गर्नको लागि १५ चैत दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ ।

आगामी १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा उपनिर्वाचन हुँदैछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि