३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर जनकपुरमा एक महिलाको मृत्यु

१३ चैत, जनकपुरधाम । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनलाई आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेको थियो ।

उपचारको लागि न्यूरो हस्पिटलमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि