१७ मंसिर २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

वसन्तपुरको होलीमा नेपालीसँगै विदेशी पनि रंगिए (तस्वीरहरू)

११ चैत, काठमाडौं । रंगहरुको पर्व होली आज पहाडी क्षेत्रमा मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन आफन्त, साथीभाइबीच अबिर र रंग खेलेर होली पर्व मनाइन्छ ।

बसन्तपुरसहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा युवा र बालबालिकाहरु रंग र पानीले समेत होली खेलिरहेका छन् ।

फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि नाचगानमा भाग लिन्छन् ।

नेपालको संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षि होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताउँछन् । ‘होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब’, उनले भनेका छन्, ‘सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ ।’

होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा संयन्त्रलाई बलियो बनाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले विभिन्न स्थानमा चेकिङ गरिरहेका छन् ।

अनुमतिबिना कसैलाई पनि रङ लगाउन र लोला हान्न पाइँदैन । यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गर्ने प्रहरीले जनाएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि