२६ बैशाख २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

नेपालगञ्जबाट बाघको छालासहित एक जना पक्राउ

७ चैत, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाकेले नेपालगञ्जको रोयल महाबु होटेलबाट दुलर्भ पाटेबाघको छालासहित एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत बराहाताल गाउपालिका-२ का २८ वर्षीय चन्द्र कहादुर कार्की रहेका छन्।

हरियो कालो रंगको झोलामा लुकाइ छिपाइ ल्याएर होटेलको कोठा नं १०१ मा राखेको अवस्थामा प्रहरी टोलीले छालासहित अभियुक्त कार्कीलाई पक्राउ गरेको बाँकेको डिएसपी नारायण डागीले बताए ।

डिएसपी डागीका अनुसार बरामद भएको बाघको छाला ५ फिट ९ इन्च लामो र ३ फिट २ इन्च चौडा रहेको छ । अभियुक्तले सुर्खेतबाट बाघको छाला ल्याएर आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बरामद भएको बाघको छाला र अभियुक्त कार्कीलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि