Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सप्तकोसी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद

रातो कागज
1 वर्ष अघि

७ चैत, काठमाडौं । सप्तकोसी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो ।

५/६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया