२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

सुन तस्करी प्रकरणमा भीमकान्त भण्डारीलाई मुद्दा चलाउन सिफारिस

२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन उच्चस्तरीय आयोगले सिफारिस गरेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले बुझाएको प्रतिवदेनमा ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । तीमध्ये भण्डारी पनि एक हुन् ।

उनीसँग आयोगले २५ माघमा सिंहदरबारमा पनि बयान लिएको थियो । सीआईबीले अनुसन्धानका क्रममा उनलाई जोगाएको आयोगको बुझाइ रहेको गृह मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि भण्डारी छानबिनको दायरामा परेका थिए ।

उनले दावासँग ठूलो रकम लेनदेन र चिनियाँ तस्करीहरुबारे कुराकानी गरेको फेला परेको थियो । तर, ब्यूरोले गम्भीरतापूर्वक अनुसन्धान नगरेको आयोगको निष्कर्ष छ ।

भण्डारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा अख्तियारले मुद्दा दायर समेत गरेको थियो । विशेष अदालतले उनलाई सफाइ दिएपनि अख्तियार त्योविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि