१९ चैत्र २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

नेपालले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

२ चैत, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

फिफा विश्व कप र एसियन कप संयुक्त छनोट अन्तर्गत बहराईन विरुद्ध हुने खेलको तयारीका लागि नेपालले मलेसियासँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे शाह आलमस्थित यूनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल अनौपचारिक रूपमा बन्द स्टेडियममा हुनेछ र दर्शकलाई प्रवेश गराइने छैन । यस्तै खेलको प्रत्यक्ष प्रसारण समेत नहुने एन्फाले जनाएको छ ।

यसपटक नेपाली टोलीमा ६ नयाँ खेलाडी समावेश छन् भने भरत खवासले कमब्याक गरेका छन् ।

आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका केही खेलाडी बन्द प्रशिक्षणमै सहभागी नभएपछि मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नयाँ खेलाडी समावेश गरेर टिम बनाएका हुन् ।

अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई (सन्जित), विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ पहिलो पटक टिममा परेका हुन् ।

मलेसियासँग खेलेपछि नेपाली टोली उतैबाट बहराइन जानेछ ।

नेपाल र बहराइनबीच यही चैत ८ र १३ गते बहराइनमै खेल हुनेछ । होम एण्ड अवेका आधारमा छनोटका खेलहरु हुने गरेपनि दशरथ रंगशाला खेल खेलाउन लायक नभएपछि नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि बहराइनमा हुन लागेको हो ।

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर : अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ

मिडफिल्डर : भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्ड : अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected