२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

उदयपुरमा भीरबाट खस्यो गाडी, ६ जनाको मृत्यु

१ चैत, विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट यात्रुबहाक गाडी खसेको छ । भोजपुरको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरान हिँडेको गाडी भीरबाट खसेको हो ।

गाडी खसेको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको छ । घटनास्थलमा रहेका स्थानीय मिलन राईका अनुसार मैनामैनीको भीरबाट करिब पाँच सय मिटर तल गाडी खसेको थियो । घटनास्थलबाट उद्दार गरेर सात जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले बताए । ‘गाडीले चपिएको अवस्थामा केही शवहरु छन्,’ उनले भने,‘ चार जना गाडीमा चेपिएका छन्, भिरमा पनि शव छन् ।’

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले ६ जनाको शव घटनास्थलमा भेटिएको बताए । ७ जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाएको उने बताए । उनका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्नसक्छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि