२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसलाई ओलीको प्रश्न : पोहोर अस्थिरता नहुने अहिले कसरी हुन्छ ?

३० फागुन, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई सरकार परिवर्तनमा आफ्नो भूमिका हेर्न अनुरोध गरेका छन् ।

नयाँ गठबन्धन बनेपछि बुधबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले आफूले दुई महिनामा सरकार ढाल्दा अस्थिरता नहुने अहिले १४ महिनामा सरकार ढाल्दा कसरी अस्थिरता भयो भनेर प्रश्न गरे ।

‘सरकार परिवर्तन भएको छ, यो स्वाभाविक छ । हामीले प्रतिस्पर्धाको प्रणाली ल्यायौँ । बहुमत कसैसँग छैन, अस्थिरताको खेती यहाँहरूले गर्नुभएको हो’, ओलीले भने, ‘पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता लागेन, अहिले एक वर्ष १४ महिनापछि सरकार परिवर्तन गर्दा के को अस्थिरता भयो ? पोहोर अस्थिरता भएको थिएन त ? पोहोर साल दुई महिना पनि नपुगिकन शान्त, स्थिर भइकन सरकार परिवर्तन गरेको होइन ?’

उनले नेपाली कांग्रेसलाई ऐनामा हेरेर बोल्न समेत आग्रह गरे । ओलीले कांग्रेसलाई अरूको एकतामा भाँजो हाल्ने गरेको आरोप समेत लगाए ।

२०७९ पुस १० गते नेकपा एमाले-माओवादी केन्द्रसहितको दलको सहभागितामा प्रचण्डको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो । तर प्रधानमन्त्री प्रचण्डले दुई महिनामै एमालेसँगको सम्बन्ध तोडेर कांग्रेससँग गठबन्धन बनाउँदा एमालेका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए भने केही प्रदेशमा मुख्यमन्त्री नै परिवर्तन भएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि