२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

काभ्रेको कोटीहोममा राष्ट्रपति पौडेल सरिक

२७ फागुन, काभ्रेपलाञ्चोक । राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वल्थलीस्थित धार्मिकस्थल लड्केश्वरमा आयोजित कोटीहोममा आज पूजा-अर्चना गरेका छन् ।

दिउँसो उक्त तीर्थस्थल लड्केश्वर पुग्नुभएका पौडेलले कोटीहोमको फूलप्रसाद ग्रहण गरी आफ्ना सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका छन् । उनले यस पवित्र भूमिमा आयोजना गरिएको कोटीहोमबाट देश र जनताको कल्याण होस् भन्ने कामना गरे ।

‘यस्तो पुण्य र पवित्र कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ, यसबाट समाज, देश र जनताको कल्याण हुने विश्वास व्यक्त गर्दछु’, उनले भने ।

ओमकार फाउन्डेसनले कोटीहोम आयोजना गरेको हो । विश्वकै अग्लो एक सय आठ फिटको त्रिशूल निर्माण भएको उक्त क्षेत्रमा यही फागुन २ गतेदेखि आउँदो चैत २ गतेसम्म कोटीहोम आयोजना गरिएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि