२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव पक्का

२४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । तर अब पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपा सांसद प्रदीप यादवले जानकारी दिए ।

यसअघि नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम गिरीलाई सरकारमा पठाएको थियो । गिरीले सुरुमा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । तर पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य मन्त्रालय उपेन्द्र यादवलाई दिनुपर्ने भन्दै गिरीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकिदिएका थिए ।

जसपा नेता यादवका अनुसार जसपाले लिने अर्को एक मन्त्रालय र मन्त्रीबारे भने टुंगो लागिसकेको छैन । जसपाबाट अर्को मन्त्रीको रुपमा प्रदीप यादव र नवलकिशोर यादव मध्ये एकजना जाने सम्भावना छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि