७ पुष २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

सहकारी ठगी आरोपमा ३ जना पक्राउ

२१ फागुन, पोखरा । पोखराको विन्दवासिनी बचत तथा ऋण सहकारी ठगी आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल छन् ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले आइतबार साँझ विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन बुझाएलगत्तै उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले सहकारीको करिब ७ करोड रुपैयाँ ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।

सहकारी रजिष्ट्रारको कार्यालयले गरेको छानबिन गर्दा झन्डै सात करोड रुपियाँ हिनामिना देखिएको छ ।

अध्यक्ष नकर्मी र सचिव सुवेदीले मिलेर कार्यसमितिका अरूको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि