२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौ : झलनाथ खनाल

२१ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् ।

सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे आफूहरुसँग छलफल गर्नुपर्ने बताए ।

‘नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउननुपर्‍यो र थाहा पाउने हिसाबले कुराकानी गर्नुभयो भने हामीले फाइनल दृष्टिकोण बनाउँला’, उनले भने, ‘अहिले हामी वेट एण्ड सी ।’

कांग्रेस–माओवादी–एकीकृत समाजवादीसहितको गठबन्धन टुटिसकेको र आफ्ना मन्त्रीहरु फिर्ता आउने खनालले बताए । हालको मन्त्रिपरिषदमा एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि