२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

सेती नदीमा माछा मार्न जाँदा बेपत्ता भएका मानबहादुरको शव ५ दिनपछि भेटियो

१८ फागुन, काठमाडौं। पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा सम्पर्कविहीन भएका ४५ वर्षीय सार्की (मानबहादुर) लामा तामाङ मृत भेटिएका छन् ।

फागुन १३ गते साँझबाट सम्पर्कविहीन रहेका उनको शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।

रानाका अनुसार तामाङको शव पोखरा-१५, पट्नेरी क्षेत्रको सेती नदीमा ढुंगामा अड्किएको अवस्थामा भेटिएका हुन् । तामाङ सेती नदीमा सम्पर्कविहीन हुँदा सँगै माछा मार्न गएका ३ जनाको सकुशल उद्धार भएको थियो भने एकजना मृत भेटिएका थिए ।

मृत भेटिनेमा पोखरा १ कस्केरीका ४० वर्षीय मंगा तामाङ छन् । माछा मार्ने क्रममा सम्पर्कविहीन बनेका तामाङको खोजीमा सुरुमा सशस्त्र प्रहरीको गोताखोर खटिएको थियो । तर गोताखोरले पनि पत्ता लगाउन नसकेपछि बिहीबार बिहान सेती नदीके ड्याम खोलेर पनि खोजिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि