२७ फाल्गुन २०८२, बुधबार
समाचार समाज

देउवाले छलफलका लागि उपसभापति र महामन्त्रीलाई डाके

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि उपसभापति र महामन्त्रीलाई डाकेका छन् ।

देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने गरी उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका हुन् । बैठक बिहीबार दिउँसो ३ बजेका लागि डाकिएको छ ।

सभापति देउवा निकट एक शीर्ष तहका नेताका अनुसार राष्ट्रिय सभा अध्यक्ष, केन्द्रीय समितिको बैठक आव्हान लगायतमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसका नेताहरुले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी उम्मेदवार बनाइएको दाबी गरेका छन् ।

देउवाले बोलाएको छलफलमा केन्द्रीय समिति बैठक बोलाउने मितिका बारेमा पनि कुरा हुने भएको छ । ७ देखि १० फागनुसम्म बसेको महासमिति बैठकले प्रतिवेदनहरु केन्द्रीय समितिबाट परिमार्जन सहित पारित हुने निर्णय गरेको थियो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि