२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

संगीतकार चेतन सापकोटाले गरे फोटो पत्रकारमाथि दुर्व्यवहार, फोटो पत्रकार क्लबको आपत्ति

१५ फागुन, काठमाडौं । संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले अपशब्द बोल्दै फोटो पत्रकारमाथि दुर्व्‍यवहार गरेका छन् ।

मंगलबार भजन शिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली सभाको दृश्य संकलन गर्ने क्रममा फोटो पत्रकार सुजन गुरूङलगायतलाई संगीतकार सापकोटले दुर्व्‍यवहार गरेका हुन् ।

संगीतकार सापकोटले गरेको उक्त दुर्व्यवहारप्रति फोटो पत्रकार क्लव नेपालले विज्ञप्ति निकालेर आपत्ति जनाएको छ ।

क्लबका महासचिव प्रकाशचन्द्र तिमिल्सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राङ्गणमा भजन शिरोमणि स्व भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली सभाको दृश्य संकलन तथा सम्प्रेषणका क्रममा फोटो पत्रकार क्लव नेपालका सदस्य तथा गोरखापत्र दैनिकका फोटोपत्रकार सुजन गुरुङ लागायतलाइ बिना कुनै कारण कार्यक्रमको छायाङ्कन नै गर्नु पर्दैन तँ यहाँबाट गैहाल जस्ता अपमानजनक शब्द प्रयोग गरि नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सदस्य तथा संगीतकार संघका अध्यक्ष चेतन सापकोटा द्वारा गरिएको दुर्व्यवहार प्रति फोटो पत्रकार क्लव नेपाल गम्भीर आपत्ति प्रकट गर्दछ ।’

साथै सापकोटाले आफ्नो ओहदाको मर्यादा नबुझी सञ्चारकर्मीमाथि गरेको व्यवहारप्रति क्षमाचायना गर्नसमेत क्लबले माग गरेको छ ।

हेर्नुहोस्  फोटो पत्रकार क्बल नेपालको विज्ञप्ति :

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि