२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

प्रसूति गृहबाट हराएकाे शिशु काडाघारीमा भेटियो, महिला पक्राउ

११ फागुन, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले शिशुलाई काँडाबारीमा फेला पारिएको पुष्टि गरेका छन् । बच्चा लिएर जाने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु एक जना संदिग्ध महिलाले लिएर गएकी थिइन् । प्रहरीले शिशुसहित उनलाई नियन्त्रणमा लिएपनि नाम सार्वजनिक गरेको छैन ।

शिशु लैजानुको कारण पनि प्रहरीले बताएको छैन । सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिंड्दै गरेको देखिएको थियो ।

अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी गरेका थिए ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि