२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

सितापाइला घटना : राजुको शव पोष्टमार्टमका लागि पठाइयो

९ फागुन, काठमाडौं । परिवारका तीन सदस्यको हत्या गरेर आत्महत्या गरेका राजु घिमिरेको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइने भएको छ ।

नागार्जुन नगरपालिका ६ बैराग टोलमा राजुले श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी र साढे २ वर्षकी नातिनीको हत्या गरेका थिए । घटनापछि उनी आफैंले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरेको सूचना दिएका थिए ।

घटनाको सूचना पाएलगतै प्रहरीले उनको खोजी गरेको थियो । तर घरभन्दा केही पर उनको शव भेटिएको छ । नागार्जुन–५ सितापाइला हरिसिद्धीकी सुधा तामाङको घरभन्दा केही माथि ढल्किएको रुखमा उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।

सुधाका अनुसार बिहान ११ बजेतिर आँगनमा निस्किएर हेर्दा उनले केही झुण्डिएको जस्तो देखेकी थिइन् । छिमेकीलाई बोलाएपछि मान्छे झुण्डिएको निष्कर्षसहित उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार बिहान ११ बजेर १३ मिनेटमा रुखमा मान्छे झुण्डिएको भनेर खबर आएको थियो । प्रहरीले उनको शव रुखबाट निकालेर पोष्टमार्टमका लागि पठाएको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि