२७ फाल्गुन २०८२, बुधबार
समाचार समाज

प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाए स्थानीय तहको अनुदान रोक्का !

४ फागुन, काठमाडौं । स्थानीय तहले आफू अनुकुलका प्रमुख प्रशासकीय अधिकृत नपाए हाजिर नै नगरी फर्काउने क्रम बढेपछि संघीय सरकारले त्यसलाई निरुत्साहित गर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा कुनै पनि स्थानीय तहले संघ तथा प्रदेश सरकारले कानून बमोजिम खटाएको कर्मचारीहरुलाई हाजिर हुने बाधा अवरोध उत्पन्न गरेमा संघीय तथा सामान्य प्रशासन मन्त्रालयले अनुदान रकम रोक्का गर्न अर्थ मन्त्रालयमा लेखी पठाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउँदा स्थानीय तहमा अनेकन विवादहरु सिर्जना हुने गरेका छन् । त्यसलाई रोक्ने गरी संघ सरकारले अनुदान रोक्नेसम्मको अधिकार ऐनमै राख्न प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष सकिएको मितिले सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले गरेको कार्यसम्पादनको विवरण मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ ।

स्थानीय तह र जिल्ला समन्वय समितिको व्यवस्थापन परीक्षण संघीय मामिला मन्त्रालयले गर्न सक्ने व्यवस्था पनि विधेकको मस्यौदामा उल्लेख छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि