५ मंसिर २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार

हरिबोधिनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरि मनाउँदै

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वलाई हिन्दु धर्ममा विशेष महत्त्वका साथ लिने गरिन्छ ।

एकादशीमध्ये सबैभन्दा ठूलो र महत्त्वपूर्ण मानिने भएकाले यसलाई जनजिब्रोमा ठूली एकादशी पनि भन्ने गरिन्छ । धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुन्छन् । चार महिनापछि भगवान् विष्णु जागा हुने विश्वासका साथ यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो ।

हरिबोधिनी एकादशीका दिन तुलसी विवाह गर्ने परम्परा पनि छ । यस अवसरमा भगवान् विष्णुको स्वरूप मानिने शालिग्राम र तुलसीको विवाह गराउने धार्मिक चलन रहेको छ । हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको मठ सजाएर विधिपूर्वक पूजा तथा विवाह सम्पन्न गर्ने गर्छन् ।

वैदिक सनातन हिन्दु धर्मशास्त्रमा तुलसीलाई अत्यन्त पवित्र वनस्पतिका रूपमा लिइएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै आयुर्वेदमा समेत तुलसीको विशेष स्थान रहेको छ । यही कारण हिन्दु धर्मावलम्बीहरूले घरको आँगनमा तुलसीको मठ निर्माण गरी नियमित रूपमा पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

सनातन परम्पराअनुसार प्रातःकाल उठेर तुलसीमा जल अर्पण गर्ने, पूजा गर्ने र नमन गर्ने चलन छ । जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक संस्कारमा समेत तुलसीको पात तथा बिरुवाको प्रयोग गरिन्छ । पूजाआजा, धार्मिक अनुष्ठान र शुभकार्यमा तुलसीको प्रयोगलाई विशेष पवित्र मानिन्छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको