३ मंसिर २०८३, बुधबार
खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

एलिमिनेटरमा काठमाडौं र चितवन भिड्दै, सुदूरपश्चिम फाइनलमा पुग्ने सम्भावना जीवितै 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायर गुमाएको सुदूरपश्चिम रोयल्सको फाइनल पुग्ने सम्भावना अझै जीवितै छ ।

मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले अब दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको छ ।

काठमाडौं गोर्खाज र चितवन राइनोजबीच आज (बुधबार) हुने एलिमिनेटर खेलले सुदूरपश्चिमको दोस्रो क्वालिफायर प्रतिद्वन्द्वी तय गर्ने छ ।

आजको खेलमा विजयी हुने टोलीले सुदूरपश्चिमसँग फाइनल प्रवेशका लागि बिहीबार प्रतिस्पर्धा गर्ने छ । त्यसैले सुदूरपश्चिमसँग उपाधि दौडमा फर्कने अझै एक अवसर भने जीवित नै छ ।

आजको एलिमिनेटरमा काठमाडौं र चितवनको परीक्षा

आज साँझ ५ बजे हुने एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै छन् । लिग चरणमा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् । काठमाडौंले सात खेलबाट आठ अंक जोडेको थियो भने चितवनले सात अंक पाएको थियो । बुधवारको खोमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ ।

आजको खेलमा काठमाडौं र चितवनमध्ये जुन टोली विजयी हुन्छ, उसैले बिहीबार सुदूरपश्चिमसँग दोस्रो क्वालिफायर खेल्नेछ । त्यस खेलको विजेता शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग भिड्नेछ ।

पहिलो अवसर गुमाएको सुदूरपश्चिमसँग अब फाइनल पुग्न एउटा मात्रै अझै मौका छ । लुम्बिनी भने पहिलो क्वालिफायर जित्दै फाइनलमा प्रवेश गरिसकेको छ ।

पहिलो क्वालिफायरमा लुम्बिनीको दवदवा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो । टोलीका ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा लुम्बिनीले पाएको सामान्य लक्ष्य पनि सुदूरपश्चिमका लागि भारी बन्यो ।

जवाफमा लुम्बिनीले आफ्नो दवदवा कायम राख्दै १६.४ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । लुम्बिनीले २० बल बाँकी छँदै ६ विकेटको जित निकाल्दै सिधै फाइनलमा स्थान सुरक्षित गर्यो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected