काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६०८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २३ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ५८, हर्न निषेधमा १३, लेन क्रसमा ८ एकतर्फीमा २ र अन्यमा ३६९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।







