१० कार्तिक २०८३, सोमबार
अर्थ मुख्‍य समाचार समाचार

सुनको मूल्य तोलामा ३ हजारले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । आइतबार ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि