६ फाल्गुन २०८२, बुधबार
राजनीति समाचार समाज

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

३ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् । आउने सोमबार देखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन यो बैठकबाट पारित हुनेछ ।

उपसभापति पूर्णबहादुर खड्काले तयार गरेको ५६ पृष्ठको नीति प्रतिवेदन बैठकले पारित गर्दैछ।

बैठकले महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्व प्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन पनि पारित गर्नेछ।

महासमिति बैठक फागुन ७ देखि १० सम्म गोदावरीमा हुँदैछ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि