११ आश्विन २०८३, आईतवार
मुख्‍य समाचार विशेष समाचार समाचार

सुरक्षा’ कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई छाडियो

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा जोखिम देखिएकाले आफूहरुको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । हाल उनलाई परिवारको जिम्मा लगाइसकेको छ ।

शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइसकिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । ‘डिस्कर्ड ग्रुप’मा जबराविरुद्ध विभिन्न अफवाह फैलिएको भन्दै सुरक्षाका निम्ति नियन्त्रण लिइएको प्रहरीको दाबी छ ।

उनलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएन । गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नदिइएपछि आयोगको टोली फर्किएको थियो । प्रहरीले जबरालाई पक्राउ गर्नुपर्ने स्पष्ट कारण नखुलाएपनि सुरक्षा प्रमुख कारण देखाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि