१० आश्विन २०८३, शनिबार
अर्थ मुख्‍य समाचार समाचार

नेपालबाट भारत तर्फहुने खाने तेल निर्यात प्रभावित हुने सम्भावना

काठमाडौं । भारत सरकारले खाने तेलको कच्चा पदार्थ आयातमा भन्सार दर घटाएपछि नेपालबाट भारत तर्फहुने खाने तेल निर्यात प्रभावित हुने सम्भावना बढेको छ ।

नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा पर्ने सोयाबिन तेल र सुर्यमुखी तेल भारत तर्फनिर्यात ठप्प हुने अवस्था आए खाने तेल उद्योगहरु बन्द हुनुका साथै मजदुरहरु कामविहिन हुने व्यवसायीहरुले जनाएका छन् ।

भारत सरकारले सेप्टेम्बर २४ तारिख देखि सोयाबिन र पाम तेलको कच्चा पदार्थ आयातमा लाग्दै आएको साढे १६ प्रतिशत भंसारलाई घटाएर साढे ११ प्रतिशत र सुर्यमुखी तेलको कच्चा पदार्थमा लाग्दै आएको साढे १६ प्रतिशत भंसारलाई घटाएर साढे ५ प्रतिशत पुर्‍याएको छ ।

कच्चा पदार्थमा अत्यधिक भंसार दर घटाइएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका साथै अन्य क्षेत्रका खाने तेल उद्योगहरुले भारतमा प्रतिस्पर्धा गर्न नसक्ने र निकासी नै बन्द हुने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । उनले भारत तर्फनिकासी गर्ने गरी आयात गरिएको कच्चा पदार्थबाट प्रशोधित खाने तेलहरु भने घाटा खाएर भएपनि भारत निर्यात गर्नैपर्ने स्थिति रहेको बताए ।

भारत तर्फनिकासी हुने खाने तेल साफ्टा अन्तर्गत भारत तर्फनिकासी हुँदा शुन्य भंसार तिर्नुपर्ने र ५ प्रतिशत मात्र जिएसटी लाग्ने गर्दथ्यो । करिब ५ प्रतिशतको मार्जिन समेत भारतले घटाई दिदा निकासीको सम्भावना अन्त्य भएको खाने तेल उद्योगीहरुले बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि