२९ भाद्र २०८३, सोमबार
खेलकुद समाचार

क्यालेन्डरमा नेपाल ई स्पोट्र्स लिग 

काठमाडौं । ई स्पोट्र्स संघ नेपाल (ईशान)ले वार्षिक ईभेन्ट क्यालेन्डर सार्वजनीक गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमलाई समावेश गर्दै ईशानले वार्षिक ईभेन्ट क्यालेन्डर सार्वजनीक सार्वजनीक गरेको हो ।

आईतबार सार्वजनीक गरिएको कार्यक्रममा लिग ढाचाको नेपाल ई स्पोट्र्स लिगको घोषणा गरिएको छ । करिब तीन महिना चल्ने लिग समय तालिका राखेर संघले ई स्पोट्र्सको लिग प्रतियोगिताको घोषणा गरेको हो ।

यस्तै पब्जी मोबाईल ग्लोबल ओपन साउथ एसियन च्याम्पियनसिप भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन हुने तालिकामा दशौं राष्ट्रिय खेलकुदलाई समेत ई स्पोट्र्सको क्यालेन्डरमा समावेश गरिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक ई स्पोट्र्स खेललाई आधिकारिक खेलको रुपमा समावेश गरिएको छ ।

यस्तै पुसमा ईन्टर कलेज च्याम्पियनसिप र माघ देखि चैतसम्म नेपाल ई स्पोट्र्स लिगको समय तालिका राखिएको छ । संघका सचिव आशिष दाहालले वर्षभरी ई स्पोट्र्स गतिविधिलाई सञ्चालन गर्ने उद्धेश्यका साथ क्यालेन्डर समावेश गरिएको बताए ।

‘नेपालको ई स्पोट्र्सलाई व्यवसायीक र व्यवस्थित बनाउने उद्धेश्य सहित लिग संरचनाको प्रतियोगिता घोषणा गरेका छौं । यसले नेपालको ई स्पोट्र्समा नयाँ आयाम थप्ने विश्वास संघले लिएको छ,’ सचिव दाहालले भने ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected