२० भाद्र २०८३, शनिबार
खेलकुद

एमबाप्पेको पेनाल्टी रोकिएपछि रियल मड्रिड बेटिससँग पराजित

काठमाडौं । किलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न असफल भएपछि रियल मड्रिड स्पेनिस ला लिगामा शुक्रबार राति रियल बेटिससँग १–० ले पराजित भएको छ ।

एक गोलले पछि परेको रियलले खेलको दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टीको अवसर पाएको थियो । तर एमबाप्पेको प्रहार बेटिसका गोलरक्षक अल्भारो भालेसले उत्कृष्ट बचाउ गर्दै रोकिदिए ।

बेटिसका लागि ट्रोय पाराटले ८१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पाराट ६८औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए ।

खेलको अन्त्यतिर बेटिसका नाथनले रियलका भिनिसियस जुनियरलाई पेनाल्टी एरियाभित्र फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । तर एमबाप्पेको प्रहार भालेसले रोकेपछि बेटिसले महत्वपूर्ण तीन अंक हात पार्‍यो ।

यस सिजन रियलको यो पहिलो हार हो । जोसे मोउरिन्होको प्रशिक्षणमा सुरुवाती तीन खेल जित्दै उत्कृष्ट सुरुवात गरेको रियलको शतप्रतिशत जितको यात्रामा बेटिसले पूर्णविराम लगाएको हो ।

चौथो खेलमा तेस्रो जित निकालेको बेटिसले नौ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान नौ अंक रहेको रियल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected