१७ भाद्र २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दक्षिण एसियाकै पहिलो ग्लोकल टिन हिरो बने नेपाली युवा अटल देव ढकाल

काठमाडौं । नेपालका युवा जलवायु अभियन्ता तथा वातावरणविद् अटल देव ढकाल गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६ को पहिलो क्षेत्रीय विजेता बनेका छन् ।

नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका राष्ट्रिय विजेताबीच मंगलबार ललितपुरस्थित द प्लाजामा सम्पन्न महाफाइनलमा ढकाललाई क्षेत्रीय उपाधि प्रदान गरिएको हो । आयोजकका अनुसार जलवायु कार्य, वातावरणीय न्याय र युवा नेतृत्वका क्षेत्रमा गरेको योगदानका आधारमा ढकाल विजेता घोषित भएका हुन् ।

उनी थ्इग्ल्न्इ अन्तर्गतको पहाड तथा हिमनदी कार्य समूहको नेतृत्व गर्दै जलवायु वित्त, जोखिममा रहेका पारिस्थितिक प्रणालीको संरक्षण तथा अन्तर्राष्ट्रिय जलवायु निर्णय प्रक्रियामा सीमान्तकृत युवाको प्रतिनिधित्वका लागि अभियान सञ्चालन गर्दै आएका छन् ।

ढकालले कोप–३१ अघि एक लाख युवाको आवाजलाई जलवायु अभियानसँग जोड्ने लक्ष्यसहित युवा सञ्जाल विस्तार गरिरहेका छन् । उनका जलवायु नीति खाका, क्षेत्रीय जलवायु दूत पहल र अभियान उपकरणले युवा तथा विश्वविद्यालयस्तरीय वातावरण क्लबलाई विश्वव्यापी जलवायु शासनसँग जोड्न सहयोग पु¥याइरहेको आयोजकले जनाएको छ ।

ग्लोकल प्राइभेट लिमिटेडका कर्पोरेट प्रबन्धक विराट सिंह ठकुरीले दक्षिण एसियाका किशोरकिशोरी समुदायका समस्या समाधान गर्ने सक्रिय परिवर्तनकर्ताका रूपमा अघि बढिरहेको बताए । ‘हरेक वर्ष हामी दक्षिण एसियाभरका किशोरकिशोरीहरू निष्क्रिय दर्शकबाट आफ्नै समुदायमा वास्तविक समस्या समाधान गर्ने सक्रिय परिवर्तनकर्ता बन्दै गएको देखिरहेका छौं । आजको साँझ त्यही परिवर्तनको उत्सव हो,‘ उनले भने ।

गोल्छा ग्रुपका तर्फबाट सीमा गोल्छाले युवाको सम्भावनामा लगानी गर्नु दिगो र समृद्ध दक्षिण एसिया निर्माणका लागि आवश्यक रहेको बताइन् । ‘यी युवा भोलिका अगुवा मात्र होइनन्, उनीहरू आजैदेखि नेतृत्व गरिरहेका छन,‘ उनले भनिन् । महाफाइनलमा नेपालस्थित विभिन्न दक्षिण एसियाली कूटनीतिक नियोगका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।

यसैबीच, ग्लोकल टिन हिरोको यात्रापछि पनि निरन्तर प्रभाव सिर्जना गरिरहेका युवाको योगदानको सम्मानस्वरूप एलुम्नाई एक्सिलेन्स अवार्ड आशिष पन्थीलाई प्रदान गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि