१५ भाद्र २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बालबालिका र युवाको पहलमा बाढीपीडितका लागि १३ हजार ७५० रुपैयाँ सहयोग

सर्लाही । यहाँको गोडैता नगरपालिकाका बाल क्लब तथा युवा क्लबका सदस्यहरूले यही भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन् ।

गोडैता नगर बालक्लब संजाल र गोडैता युवा क्लब सञ्जालका सदस्यहरूले गोडैता नगरपालिकाको आफ्नै बजार क्षेत्रमा रहेका विभिन्न पसल तथा व्यवसायमा पुगेर घुम्ती रूपमा नगद रकम तथा खाद्यान्न संकलन गरेका थिए ।

युवा र बालक्लबका सदस्यहरूले आइतबार संकलन गरिएको करिब १३ हजार ७५० रुपैयाँ बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिएका छन् ।

बालबालिका तथा युवाहरूले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै स्व स्फूर्त रूपमा अभियानमा सहभागिता जनाएका हुन् । क्लबहरूको यो पहलले विपद्का बेला स्थानीय तहका युवापुस्ता र बालबालिकाले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्ने सकारात्मक सन्देश दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि