११ भाद्र २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

काठमाडौं । भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ ।

भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो राहत उडान ३७.५ टन सामग्री बोकेर नेपालका लागि उडेको जानकारी दिएका हुन् ।

जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई भारतले निरन्तर मजबुत समर्थन गर्ने बताएका छन् । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि भारतले राहत सामग्रीसहितका उडान नेपाल पठाउन थालेको हो ।

भारतले पठाएको सामग्रीमा विपद् उद्धार तथा राहतका लागि आवश्यक सामग्री, औषधि र खाद्यान्नका प्याकेटलगायत सामग्री रहेको जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि