१० भाद्र २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बाढीका कारण १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार बाढीले कम्तीमा ४० किलोमिटर सडक भत्काएको तथा विभिन्न स्थानमा सडक कटान भएको छ ।

बाढीबाट प्रभावित सडक खण्डमा यातायात सञ्चालन पुनःस्थापित गर्न सडक विभागले आवश्यक भारी उपकरण परिचालन गरेको छ । विभागले क्षतिग्रस्त क्षेत्रमा डोजर, एक्स्काभेटरलगायतका मेसिनरी उपकरण परिचालन गरी सडक खुलाउने र क्षतिको थप मूल्यांकन गर्ने काम अघि बढाएको जनाएको छ ।

त्रिशूली नदी किनारका विभिन्न सडक तथा पुलमा क्षति पुगेकाले आवागमन प्रभावित भएको छ । विभागले प्रभावित क्षेत्रमा पुनःस्थापना र मर्मतको काम तीव्र बनाइएको जनाएको छ ।

हालसम्मको विवरण प्रारम्भिक भएकाले क्षतिको परिमाण अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि