१० भाद्र २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इस्लाम धर्मका पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज मनाइँदैछ । विभिन्न कार्यक्रम आयोजना गरी मोहम्मदको जन्म जयन्ती पर्व मनाउन लागेको हो ।

मोहम्मद जयन्ती मुस्लिम समुदायले श्रद्धा र उत्साहका साथ मनाउने एउटा महत्त्वपूर्ण पर्व हो ।

नेपाली मुस्लिम समुदायहरुले यस पर्वलाई ‘मोहम्मद डे’ भनेर पनि मनाउने गरिएको पाइएको छ ।

यस दिन मुस्लिम धर्मावलम्बीहरू खुसी व्यक्त गर्दै हजरत मोहम्मदका शिक्षाको स्मरण गर्छन् । मस्जिदमा कुरान पाठ गर्ने, सामूहिक भोजन गर्ने तथा एक—अर्कामा शुभकामना आदानप्रदान गर्ने गर्दछन्।

मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि