बारा । जीतपुर सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र पारिवारिक हत्याको घटनाप्रति पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घिसिङले घटनाको तत्काल, निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याएर कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।
उनले बालिकामाथि भएको यस्तो जघन्य अपराध कुनै पनि सभ्य र न्यायपूर्ण समाजले स्वीकार गर्न नसक्ने भन्दै गरिमाले न्याय पाउनुपर्ने बताएका छन् ।
साथै, यस्ता निर्मम घटना दोहोरिन नदिन सुरक्षा निकायलाई अझ जवाफदेही, संवेदनशील र प्रभावकारी बनाउन तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।







