२७ श्रावण २०८३, बुधबार
मधेश मुख्‍य समाचार विशेष समाचार

आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द

जनकपुर । वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् प्राध्यापक डा. राजेन्द्र प्रसाद विमलको निधनप्रति शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक दिन नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै २०८३ साउन २७ गते बुधबार नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शोक मनाउँदै पठनपाठन बन्द गर्न अनुरोध गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहद्वारा जारी सूचनामा डा. विमलले शिक्षा, संस्कृति, पूर्वीय दर्शन तथा मैथिली र नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख गरिएको छ । डा. विमलको निधनले समग्र जनकपुरधामवासी मर्माहत भएको तथा उनको महाप्रस्थानले जनकपुरधामको साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको सूचनामा उल्लेख छ ।

उनलाई साहित्य क्षेत्रको अभिभावकका रूपमा स्मरण गर्दै जनकपुरधाम उपमहानगरपालिकाले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

डा. विमलको मंगलबार बिहान ७९ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनले मैथिली तथा नेपाली साहित्यको क्षेत्रमा गहिरो शोक छाएको छ ।

थप समाचारहरु

प्रदेस समाचार मधेश समाज

महोत्तरीमा डीएसपीमाथि आक्रमण, ३ सदस्य छानबिन समिति गठन

७ साउन, जनकपुरधाम । महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त
प्रदेस समाचार मधेश समाज

नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

७ साउन, जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी