६ श्रावण २०८३, बुधबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

सिप्रिङ खोला जलविद्युत आयोजनाको उत्पादन बन्द

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ । साउन ५ गते राति ११ बजे आएको भीषण बाढी र पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि उत्पादन बन्द भएको हो ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई उपलब्ध गराएको जानकारी अनुसार, बाढी र पहिरोले आयोजनाको हेडवक्र्स (बाँध क्षेत्र) का अधिकांश संरचनाहरूमा ठुलो क्षति पुर्याएको छ । प्रारम्भिक जानकारी अनुसार आयोजनाको भौतिक संरचनामा क्षति पुगेकाले विद्युत उत्पादन तत्कालका लागि पूर्ण रूपमा रोक्नु परेको कम्पनीले जनाएको छ ।

आयोजनामा पुगेको क्षतिको विवरण सार्वजनिक गर्दै कम्पनीका प्रबन्ध सञ्चालक सुरेन्द्र बहादुर खड्काले यस विषम परिस्थितिको बारेमा नियामक निकायहरूलाई औपचारिक जानकारी गराएका छन् । कम्पनीले घटनाको बारेमा नेपाल धितोपत्र बोर्ड, विद्युत नियमन आयोग, कम्पनी रजिस्ट्रारको कार्यालय र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई समेत बोधार्थ पठाएको छ ।

दोखला जिल्लामा अवस्थित यस आयोजनाको क्षतिको विस्तृत विवरण र पुनः सञ्चालनका लागि लाग्ने समयबारे थप अध्ययन भइरहेको छ । प्राकृतिक विपत्तिका कारण आयोजना बन्द हुँदा कम्पनीको दैनिक उत्पादन र आम्दानीमा प्रत्यक्ष असर पुग्ने देखिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि