१ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार

पाइलटको विषय पारिवारिक विवाद तथा झै-झगडा हो : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले आफ्ना एक पाइलट प्रहरी हिरासतमा रहेको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानविन समिति गठन गरेको जनाएको छ ।

कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक भएका समाचारअनुसार उक्त घटना पारिवारिक विवाद तथा झैझगडासँग सम्बन्धित रहेको जानकारी प्राप्त भएको जनाएको छ । घटनाबारे सत्यतथ्य बुझ्न बुद्ध एयरले आन्तरिक छानबिन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेकाले छानबिनको निष्कर्ष आएपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।

विज्ञप्तिमा कम्पनीले सामाजिक उत्तरदायित्व र यात्रु सुरक्षालाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै तथ्यपरक छानबिन सम्पन्न भएपछि आवश्यक जानकारी सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको