३२ असार २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व लिन थालेका छन् ।

यसै क्रममा, एक बाल आविष्कारक एवं कोडर प्रविधि अधिकारी प्रतिष्ठित ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’मा आबद्ध भएकी छिन् ।

यो यस्तो मञ्च हो जहाँ बालबालिकाको जिज्ञासालाई रचनात्मकतामा ढाल्दै वास्तविक संसारका प्राविधिक समस्या समाधान गर्न सक्षम बनाइन्छ ।

प्रविधिले प्रविधिको क्षेत्रमा रहेका परम्परागत सामाजिक घेराहरूलाई तोड्दै अन्य कोडर छात्राहरूका लागि समेत उनी एउटा एक प्रेरणाको स्रोत बनेकी छिन् ।

कोडिङ, गेम डेभलपमेन्ट, समस्या समाधान गर्ने क्षमता र सामूहिक सहकार्यका माध्यमबाट यस कार्यक्रमले विद्यार्थीहरूमा भविष्यका लागि आवश्यक प्राविधिक सीप र आत्मविश्वास विकास गराउँदै आएको छ ।

प्रविधिका अभिभावकहरू नेपाली सूचना प्रविधि र साइबर सुरक्षा क्षेत्रका स्थापित व्यक्तित्व हुन् । बुबा चिरञ्जीवी अधिकारी क्यान महासंघका कार्यवाहक अध्यक्ष, नेपालका स्थापित साइबर सुरक्षा विज्ञ, तथा वन कभर प्राइभेट लिमिटेडका संस्थापक सीईओ छन् ।

उनकी आमा नेपालको लोकप्रिय प्रविधि पत्रिका आईसीटी फ्रेम म्यागेजिनकी संस्थापक अध्यक्ष हुन् ।

अभिभावकद्वयले नेपाली बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि शिक्षा प्रदान गर्न दुरशिक्षा एजुकेसन नेटवर्कले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको