२९ फाल्गुन २०८२, शुक्रबार
समाचार समाज

काठमाडौंको होटलमा महिलाको शव भेटियो, हत्या आशंका

२७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, शनिबार साँझ अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको हो ।

कम्तीमा दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी वृत्त, गौशालाको टोली घटनास्थलमा फेला परेको थियो ।

त्यसक्रममा खाटमा महिलाको शव भेटिएको थियो भने नजिकै डोरी समेत फेला परेको थियो । ‘तर, बाहिरबाट ढोका बन्द गरेर भित्र शव भेटिएको अवस्था शंकास्पद छ’, खत्रीले भने, ‘गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं ।’

शव भेटिएको सिरहा धनुषा होटल एण्ड लजका कर्मचारीले ती महिला एक जना पुरुषसँग होटलमा आएको भनेका छन् । तर, ती व्यक्तिले होटलमा गलत विवरण टिपाएका छन् । त्यसैले यो घटना थप शंकास्पद बनेको छ ।

अहिले घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोली पनि घटनास्थलमा पुगेको छ । एसएसपी खत्रीका अनुसार, शंकास्पद व्यक्तिको खोजी भइरहेको छ ।

स्रोतका अनुसार, मृतक महिलालाई यसअघि प्रहरी वृत्त, गौशालाले देहव्यापारमा संलग्न रहेको आरोपमा मुद्दा समेत चलाएको थियो । थप अनुसन्धान भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि