२५ असार २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त देहायका विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

सभापति रोकायले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, (२०८३), सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, (२०८३), ग. सहकारी (पहिलो संशोधन) विधेयक, (२०८३) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, (२०८३) पेस गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘आर्थिक विधेयक, २०८३ लाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अर्थमन्त्री डा. वाग्लेले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि