९ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

शिक्षा क्षेत्रमा देखिएका विकृति हटाउन सरकार गम्भीर बन्नुपर्ने : सभापति पौडेल

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या र विकृतिप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

समितिको बैठकमा बोल्दै उनले वर्तमान सरकारले शिक्षा क्षेत्रमा देखिएका विभिन्न बेथिति र विकृतिले शैक्षिक सुधारको अभियानलाई थप ओझेलमा पार्ने खोज्यको आरोप लगाए ।

उनले भने, ‘क्वान्टिटी’ होइन, ‘क्वालिटी’ लिने बोलामा वर्तमान सरकारले यो कुरालाई बस्ता नगरेर शैक्षिक फाटमा फेरी अनेकै बोथिति र विकृति निम्त्याएर अझै ओझेलमा पार्न खोजेको छ ।’

उनले २०३८ र २०४२ सालतिरको शैक्षिक अवस्थाको तुलना गर्दै अहिले देशका दुर्गम गाउँसम्ममा विद्यालय भवन, खानेपानी, खेलमैदान लगायतका भौतिक पूर्वाधार पुगेको बताए । उनले विगतका सरकारहरूले शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

उनले भने, ‘३८ सालको नेपालको शैक्षिक अवस्था ४२ सालमा नेपालको शैक्षिक अवस्था कस्तो थियो । शिक्षा वास्तवमा पुर्वधारको को पनि पुर्वधार भएकोले विगतका सरकारहरूले शिक्षा प्राथमिकतामै राखेको थियो ।’

उनले आफू विद्यालयमा अध्ययन गर्दाका दिन सम्झँदै त्यतिबेला विद्यालयमा पर्याप्त भौतिक सुविधा नभएको उल्लेख गरे ।

उनले भने, ‘हामी पढ्दाको समयमा विद्यालयमा झ्याल, ढोका, खानेपानी र खेल्ने ठाउँसमेत पर्याप्त थिएन । अहिले दुर्गम क्षेत्रका विद्यालयहरूमा समेत भौतिक पूर्वाधार राम्रो बनेका छन् ।’

सभापति पौडेलले शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदै देशका उत्कृष्ट विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढ्दो रहेको बताए ।

उनका अनुसार हरेक वर्ष करिब एक लाखभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका छन्, जसका कारण दुई खर्ब रुपैयाँभन्दा बढी रकम देशबाट बाहिरिने गरेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।