काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मकालु–बरुण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मकालु बेस क्याम्प ट्रेकको विस्तृत यात्रा तालिका सार्वजनिक गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै १७ दिने मकालु बेस क्याम्प ट्रेकको मार्ग, गन्तव्य र विशेषताबारे जानकारी दिएका हुन् ।
बालेनले मकालु–बरुण उपत्यकालाई पूर्वी नेपालको अत्यन्तै आकर्षक हिमाली गन्तव्यका रूपमा प्रस्तुत गर्दै यसको प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा हिमाली दृश्यावलोकनलाई नेपालको महत्वपूर्ण पर्यटकीय सम्पत्तिका रूपमा उल्लेख गरेका छन् ।
सार्वजनिक गरिएको तालिकाअनुसार ट्रेकको यात्रा काठमाडौँबाट सुरु भई तुम्लिङटार हुँदै नुम पुगेर पदयात्रा आरम्भ हुन्छ र यात्रुहरू ४,८७० मिटर उचाइमा रहेको मकालु बेस क्याम्पसम्म पुग्नेछन् । भिडियोमार्फत मकालु–बरुण राष्ट्रिय निकुञ्ज, बरुण उपत्यका, शिवधारा झरना, लाङ्माले खर्क तथा मकालु बेस क्याम्पका मनोरम दृश्यहरू प्रस्तुत गर्दै उनले आन्तरिक तथा विदेशी पर्यटकलाई उक्त क्षेत्र भ्रमण गर्न आग्रह गरेका छन् ।
बालेनका अनुसार मकालु बेस क्याम्प ट्रेक चुनौतीपूर्ण भए पनि नेपालको सबैभन्दा आकर्षक तथा तुलनात्मक रूपमा कम भीडभाड हुने हिमाली पदमार्गमध्ये एक हो । उनले यस पदयात्राका लागि वसन्त (मार्च–मे) र शरद् (सेप्टेम्बर–नोभेम्बर) ऋतुलाई सबैभन्दा उपयुक्त समयसमेत बताएका छन् ।
मकालु बेस क्याम्प ट्रेकको १७ दिने रुट :
Duration: 17-18 Days
Maximum Altitude: 4,870m (Makalu Base Camp)
Region: Eastern Nepal
Difficulty: Challenging
Best Seasons: Spring (March–May) & Autumn (September–November)
Day-by-Day Itinerary:
Day 1 | Kathmandu → Tumlingtar → Num
Option 1: Flight from Kathmandu to Tumlingtar
Option 2: Drive from Kathmandu to Tumlingtar (approximately 14–16 hours).
Day 2 | Num → Seduwa
Trek through terraced fields and local villages. (5 hrs)
Day 3 | Seduwa → Tashigaon
Enter Makalu Barun National Park. (5 hrs)
Day 4 | Tashigaon → Khongma Danda(6 hrs )
Day 5 | Khongma Danda → Dobato
Cross scenic ridges with mountain views. (6 hrs)
Day 6 | Dobato → Yangle Kharka
Descend into the beautiful Barun Valley. (7 hrs)
Day 7 | Acclimatization Day
Rest and explore the surrounding area
Day 8 | Yangle Kharka → Shiva Dhara → Yangle Kharka
Excursion to the sacred Shiva Dhara waterfall. (5–6 hrs)
Day 9 | Yangle Kharka → Langmale Kharka
(6-7 hrs)
Day 10 | Langmale Kharka → Makalu Base Camp (5-6 hrs )
Day 11 | Explore Makalu Base Camp
Enjoy panoramic Himalayan views.
Day 12 | Makalu Base Camp → Yangle Kharka
Begin the return trek. (7 hrs)
Day 13 | Yangle Kharka → Dobato (6-7 hrs)
Day 14 | Dobato → Khongma Danda (6-7 hrs )
Day 15 | Khongma Danda → Seduwa
Descend through forests and villages.
Day 16 | Seduwa → Tumlingtar
Day 17 | Tumlingtar → Kathmandu







