२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

नेपालमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल

२५ माघ, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हदृय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ । अति जटिल र जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यस अघि नेपालमा प्रयास समेत गरिएको थिएन । नवलपरासीको १४ बर्षीया बालिकामा गरिएको उक्त शल्यक्रिया डा. रबीन्द्र भक्त तिमला, डा. मरीषा अर्याल, डा. सुजन बोहरा र डा. सन्दीप भण्डारी संलग्न थिए ।

उक्त बालिकामा सानै देखि निलो हुने, दौडिन नसक्ने र बेला–बेलामा अर्घचेत हुने समस्या देखिँदै आएको थियो । चिकित्सकका अनुसार कमजोर आर्थिक कारणले उचित उपचार गर्न सकिरहेका थिएनन् ।

डा.रवीन्द्रभक्त तिमलाले अनुसार उक्त बालिकामा साइटस इनभर्सस, करेक्टेड ट्रान्सपोजिसन अफ ग्रेट आर्टरीज, भेन्ट्रिीकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसीस जस्ता चारवटा संरुचनागत त्रुटी भएको उक्त मुटुको र बाहिर गरी दुई ठाँउमा रगत विपरित ठाँउमा बगिरहेको थियो ।

शल्यक्रिया मार्फत भित्र र बाहिर दुवैतर्फ रगत बग्ने बाटो मिलाइएको डा. तिमलाले बताए ।

उनका अनुसार प्राविधिक रुपमा ‘सेनिङ’ र ‘रुस्टेली’ नामक दुई वटा छुट्टै शल्यक्रिया गर्न उक्त बालिकाको साँढे चार घन्टा मुटु पुरै बन्द गरिएको थियो । यस्तै शल्यक्रिया गर्न १० घन्टा लागेको थियो ।

चिकित्सकका अनुसार ती बालिका केही दिनमै डिस्चार्ज गर्न लागिएको छ । शल्यक्रियाको नेतृत्व डा. तिमलाले गरेका थिए । उक्त बालिकाको उपचार सरकारको कार्यक्रम अन्तर्गत निःशुल्क गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि